देश

काठमाडौं । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१० वैदी बस्ने ६६ वर्षीय जमिल अहमद जागालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्