site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको 'एक खाता, एक रुख' अभियानअन्तर्गत वृक्षरोपण

काठमाडौं । ‘बिट प्लाष्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्जुश्री पार्क, चोभारमा वृक्षरोपण गरेको छ ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत् वृक्षरोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पार्क, चोभारमा १२८५ विभिन्न प्रजातिका विरुवाहरू रोपिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वृक्षरोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जनको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै भने “हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौँ र हरेक वर्ष स्मार्ट बचत खाता “एक खाता, एक रुख” अभियानअन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौँ ।”

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानहरूमा स्वास्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरमा समेत सहयोग गरिसकेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्