site stats
बाह्रखरी :: Baahrakhari
देश
विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अब विज्ञानमा आधारित अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रममा शनिबार (जेठ ३१) उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्नेमा जोड दिए ।

“अब बयानमा आधारित अनुसन्धानभन्दा विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ,” उनले भने, “विज्ञानमा आधारित अनुसन्धान त गर्ने तर त्यसको पनि प्रयोग र उपयोग सही ढंगले गर्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुद्दामा पनि नयाँनयाँ चुनौती देखिएको उनले उल्लेख गरे । त्यसानुसार नै अघि बढ्न जरुरी रहेको उनले औँल्याए । नयाँ चुनौती समाधान गर्ने गरी अनुसन्धान अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको उनले बताए । “अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ,” उनले भने, “नयाँनयाँ चुनौतीहरू आइरहेका छन् । नयाँनयाँ चुनौती फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन ।” 

गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दासम्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताए । “अहिले मुद्दा पनि नयाँनयाँ चुनौतीहरू देखिरहेका छन्, नयाँ तरिकाले अपराध भइरहेका छन्,” उनले भने, “हामीले आफूलाई त्योअनुसार तयार गर्न जरुरी छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्