site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन
प्रतीकात्मक तस्बिर ।

गाईघाट (उदयपुर) । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा आइतबार निधन भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले बताए । मगर लामो समयदेखि बिरामी थिए । वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आइतबार दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए । रासस

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २३:०६
प्रतिक्रिया दिनुहोस्