
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा काठमाडौं (कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) आसपासमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"पछिल्लो १ घण्टामा काठमाडौं (कपन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल) आसपासमा भारी वर्षा भैरहेको छ । आवश्यक सतर्कता अपनाउनु होला," विभागले आइतबार राति सूचना जारी गर्दै भनेको छ ।
विभागका अनुसार, आइतबार (असार ८, राति ११ बजे) काठमाडौंस्थित विष्णुमती नदी गोंगबु, वाग्मती नदी गौरीघाट, धोबीखोला कपन जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा छ । नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, "आइतबार (असार ८, राति ११ बजे) काठमाडौं जिल्ला स्थित विष्णुमती नदी गोंगबु, बागमती नदी गौरीघाट, धोबीखोला कपन जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ ।"