site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी प्रदेशमा भइरहेको छ वर्षा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वाग्मतीसहित पाँच प्रदेशमा आइतबार साँझ वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल (आइतबार राति) कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

थोरै स्थानहरूमा भारी वर्षा भैरहेको पनि जानकारी दिएको छ । उक्त वर्षा गराउने बादल दक्षिणतर्फ सर्दै गरेको छ । थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

"हाल कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी  वर्षा भैरहेको छ र उक्त वर्षा गराउने बादल दक्षिण तर्फ सर्दै गरेको छ । थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहोला," विभागले आइतबार राति सूचना जारी गर्दै भनेको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २३:४६
प्रतिक्रिया दिनुहोस्