site stats
बाह्रखरी :: Baahrakhari
देश
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषबाट थप एक लाख उपलब्ध हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् ।

स्वास्थ्य बिमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रीको निर्णयअनुसार, अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् । स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

यस आधारमा मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ ।  

मन्त्री पौडेलले स्वास्थ्य बिमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बिमा थैली लागु गराउन समेत तयारी गरेका छन् । तर, यस्ता थैलीहरू बनाउँदा बिमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बिमा कोषलाई निर्देशन जारी गरेको छ ।

यसका लागि मन्त्रालयले ‘स्वास्थ्य बिमा बोर्डलाई स्वास्थ्य बिमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारिता र वित्तीय दिगोपनाको आधारमा निर्धारण गरी बिमा कोषको दुरुपयोग हुन नदिनेतर्फ ध्यान दिन’ भनेको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २३:३९
प्रतिक्रिया दिनुहोस्