
काठमाडौं । वैदेशिक रोजगारीमा ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–४ का ३८ वर्षीय राजेश बराम छन् । काठमाडौंको सोह्रखुट्टेबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन युवालाई अल्बानिया हुँदै ग्रीस पठाइदिने भन्दै करिब २८ लाख रुपैयाँ ठगी गरेर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
“अभियुक्त बरामले तीन युवासँगै अरू मानिसहरूलाई पनि ठगी गरेको अनुसन्धानमा देखिएको छ,” कार्यालयका एसपी काजीकुमार आचार्यले भने, “यो ठगीलाई भिजिट भिसासित जोड्नुपर्ने कुनै कारण र प्रमाण, तथ्य छैन ।”