site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से बढ्यो, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार ९) ४.७८ अंकले बढेको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । यस दिन नेप्से परिसूचक ०.१८ प्रतिशतले बढेर २६००.७६ विन्दुमा बन्द भएको छ ।

आइतबार (असार ८)को तुलनामा सेयर कारोबार रकम दुई अर्ब ६७ करोड रुपैयाँले घटेको छ । ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार नौ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१२३ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । माछापुच्छ्रे बैंकको सेयर मूल्य स्थिर छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१३ रुपैयाँ ६३ पैसा कायम रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आइतबार पनि यो हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको थियो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । पियोर इनर्जी लिमिटेडेको सेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेर कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्