
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी काम भइरहेको छ ।
निर्माणको प्रगति बुझ्न सोमबार मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।
गत वर्ष असार ३१ गते सरकारले ३०० दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो । जसअनुसार, मैदानको प्यारापिट र फ्लडलाइटका निम्ति पुसमा ठेक्का लागेपछि निमार्णका लागि वैशाख २४ गतेसम्मको मिति तोकिएको थियो ।
तर, निर्धारित समयमा निमार्ण पूरा हुन नसक्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैँले वैशाखमै थप दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।