site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ललितपुर महानगरको बजेट सात अर्ब ४७ करोड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार  विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि र सुशासन, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्