
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म (कम्तीमा पाँच हजारदेखि) ऋण लिन सक्नेछन् ।
सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने बैंकले जनाएको छ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइमार्फत सेवा दिँदै आएको छ ।