site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक महासंघले भन्यो– विधेयकमा अझै ढिलासुस्ती हुने शंका भयो
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारमाथि शंका व्यक्त गरेको छ । प्रतिनिधिसभामा आइतबार (असार १५) विद्यालय शिक्षा विधेयक टेबल नहुने भएपछि महासंघले यस्तो प्रतिक्रिया जनाएको हो ।

सरकारले असार १५ भित्र उक्त विधेयक संसद्‌बाट पारित गरिने यसअघि प्रतिबद्धता व्यक्त गरेको थियो । यस दिन पनि विधेयक पारित नहुने भएपछि शंका पैदा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले जाहेर गरेको प्रतिबद्धताअनुसार संसद्‌बाट आज शिक्षा विधेयक पारित नहुने भयो । छलफल लम्बिएपछि हाम्रो चाहना आजै पारित नहुने भएपछि टेबल होस् भन्ने थियो । तर, त्यो पनि हुन सकेन । अझै ढिलासुस्ती गर्नेमा शंका पैदा भएको छ,” पराजुलीले बाह्रखरीसित भनिन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि छलफल जारी छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्