site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्काइवाक चढ्ने तीन महिनासम्म फोटोसहितको निःशुल्क कप उपहार

काठमाडौं । काठमाडौंको कमलादीमा रहेको स्काइवाक तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ ।

वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप निःशुल्क उपहार दिइने स्काइवाक काठमाडौंका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागु हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको अफर तीन महिनासम्म चल्नेछ ।

तेह्र रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौं आउनेका लागि प्रमुख गन्तव्य बनेको कम्पनीले जनाएको छ ।

टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भुँइ)मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।

“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौंको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौं सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो,” प्रबन्ध निर्देशक पाण्डेले भने ।

कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्