site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू

काठमाडौं । एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू भएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौंको तीनकुनेमा नयाँ सोरुम सञ्चालनसँगै एक्सचेन्ज कार्निभल सुरू गरेको हो । यो कार्निभल एक हप्तासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी १ एसयूभी साट्न सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै, ग्राहकले आकर्षक क्यास छुट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको वालमाउन्टेड चार्जर, एक वर्षको सडक कर, एक वर्षको इन्स्योरेन्स निःशुल्क पाउने छन् ।

सेग्मेन्टमै सबैभन्दा बढी २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

एलईभी ०१ मा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ ।

नेपाली बाजारमा एलएस अटोको एलईभी ०१ स्ट्यान्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ ।

एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९.९५ लाख र सीई भेरियन्टको ६४.९५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्