site stats
बाह्रखरी :: Baahrakhari
देश
पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही भूभागमा भारी वर्षा पनि भइरहेको छ । 

पछिल्लो तीन घण्टामा कन्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केहीनजिक रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्