site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘यानी माया’को मुख्य भूमिकामा अञ्जना

काठमाडौं । चलचित्र ‘यानी माया’मा अञ्जना पुन मुख्य भूमिकामा देखिने भएकी छन् । एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जना यो सिनेमाबाट रजतपटमा प्रवेश गर्न लागेकी हुन् ।

अभिनेता पल शाहले यो चलचित्र निर्माण गर्न लागेका हुन् । विकाश सुवेदीको लेखन तथा निर्देशन रहनेछ । विकासको यो पहिलो निर्देशन हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो चलचित्रमा दार्शनिक मेटामोडर्न र पारिवारिक ड्रामाको संयोजन रहनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्परा, सहरी जीवन र प्रकृतिको संघर्षजस्ता विषयहरूलाई समेटिने निर्देशक सुवेदीले बताएका छन् । 

यो चलचित्र साउनबाट छायांकनमा जानेछ । बागलुङको ढोरपाटन र हङकङमा छायांकन हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्