site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी कम्पनीमाथि लगाइएको डिजिटल सेवा कर क्यानडाले लियो फिर्ता
तस्बिर : एपी ।

काठमाडौं । क्यानडाले अमेरिकासँग व्यापार वार्ता अगाडि बढाउन आफ्नो डिजिटल सेवा कर फिर्ता लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि आफ्नो देशमाथि डिजिटल सेवा कर लगाउन लागिएको भन्दै वार्ता रद्द गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले आइतबार एक विज्ञप्तिमा जारी गर्दै अब व्यापार वार्ता पुनः सुरु गर्न उनी र ट्रम्पले सहमति गरेको बताएका छन् । “आजको घोषणाले यसै महिना जी७ नेताहरूको शिखर सम्मेलनमा तय गरिएको २०२५ जुलाई २१ को समयसीमातर्फ वार्ताको पुनः सुरुआतलाई समर्थन गर्नेछ,” कर्नीले भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्यानडाको प्रविधि कम्पनीमा लाग्ने कर सोमबारदेखि लागु हुने तय थियो । तर, अब नलाग्ने भएको छ ।

गएको शुक्रबार ट्रम्पले अमेरिकी प्रविधि कम्पनीलक्षित कर आफ्नो देशमाथि प्रत्यक्ष र स्पष्ट आक्रमण भएको बताएका थिए ।

अमेरिका एप्पल, अल्फाबेट/गुगल, अमेजन, मेटाजस्ता विश्वका केही ठूला प्रविधि कम्पनीको घर हो । अलजजिराबाट ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्