site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तराधिकारी घोषणा गर्ने तयारीमा दलाई लामा

काठमाडौं । तिब्बतका आध्यात्मिक नेता दलाई लामाले उत्तराधिकारी घोषणा गर्ने तयारी गरेका छन् । आफ्नो ९०औँ जन्मदिनअगाडि उनले बौद्ध धार्मिक व्यक्तित्वहरूको प्रमुख तीनदिने भेलामा उत्तराधिकारी घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयटर्सका अनुसार, उत्तराधिकारी घोषणा गर्ने कदमले चीनलाई थप चिढ्याउन सक्छ । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध असफल विद्रोहपछि तिब्बतबाट भागेका दलाई लामालाई बेइजिङले एक पृथकवादी नेताको रूपमा हेर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीन दलाई लामाको उत्तराधिकारी आफैँले छान्ने बताउँछ । दलाई लामाले उनको उत्तराधिकारी चीनबाहिर जन्मिने र आफ्ना अनुयायीहरूलाई बेइजिङले छानेको कुनै पनि व्यक्तिलाई अस्वीकार गर्न आग्रह गरेका छन् ।

१४औँ दलाई लामा आइतबार ९० वर्ष पुग्दै छन् । उनले वरिष्ठ भिक्षुसहित अन्यसँग परामर्श गरेर आफ्नो मृत्युपछि उनको उत्तराधिकारीका विषयमा छलफल गर्ने बताएका छन् ।

“जति सम्भव छ, मेरो बाँकी जीवन म अरूको हितका लागि समर्पित गर्नेछु,” दलाई लामाले सोमबार अनुयायीहरूको एक भेलालाई सम्बोधन गर्दै भने ।

“दलाई लामाहरूको संस्थाको निरन्तरताबारे कुरा गर्न सकिने कुनै न कुनै ढाँचा हुनेछ,” ढाँचाबारे विस्तृतमा नखुलाउँदै उनले भने ।

उनी भारतको उत्तरी हिमाली सहर धर्मशाला नजिक बस्छन् । उनले यसअघि उनको पुनर्जन्म भारतमा हुन सक्ने बताएका थिए ।

रोयटर्सबाट ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्