राजनीति

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको संसदीय सुनुवाइ गरेको छ । सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले दुई जनाको संसदीय सुनुवाइ गरेको हो ।
आइतबार समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरेको थियो ।
प्रस्तावित सबैको सुनुवाइ भए पनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने सोमबार निर्णय हुन सकेन ।
समिति सभापति ईश्वरीदेवी न्यौपानले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट निर्णय लिइने जानकारी दिइन् ।
हिमालयन न्युज एजेन्सीबाट ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्