
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । सोमबार (असार १६) दिउँसो पौने ३ बजे सुरु बैठकका निम्ति १३ एजेन्डा प्रस्तुत गरिएको छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गर्ने काम र अपनाउने विधिका विषयमा कार्यसम्पादन निर्देशिका पारित गर्ने पनि कार्यसूची छ । स्थानीय तह, प्रदेश र संघीय प्रधानमन्त्रीसम्मका जनप्रतिनिधिका निम्ति कांग्रेसले निर्देशिका पारित गर्ने बैठकको एजेन्डा छ ।
संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारी भए/नभएका विषयमा छलफल गर्ने पनि बैठकको एजेन्डा छ । यसनिम्ति संघ र प्रदेशमा कांग्रेसका तर्फबाट रहेका मुख्यमन्त्री, मन्त्रीहरूका प्रतिवेदनसहित छलफल गर्ने बैठकको कार्यसूची छ ।
यी हुन् कांग्रेस बैठकका एजेन्डा–
१. १०० दिने अभियानका प्रतिवेदनहरू
२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
३. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
४. अनुशासन समितिको प्रतिवेदन
५. क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण
६. केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
७. नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा
८. नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को नाम संशोधन सम्बन्धमा
९. कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
१०. जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
११. संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (माननीय मन्त्रीहरूको प्रतिवेदनसहित छलफल)
१२. समसामयिक बिवाय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायत)
१३. विविध ।