
काठमाडौं । पछिल्लो २५ वर्षमा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने २५ वटा चलचित्रका निर्मातालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । बोर्डले आफ्नो २५औँ वार्षिक उत्सवको अवसर पारेर आज सम्मान गरेको हो ।
विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने चलचित्रः
‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘कबड्डी–४’, ‘महापुरुष’, ‘पुजार सार्की’, ‘प्रेम गीत–३’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘अञ्जिला’, ‘उनको स्वीटर’, ‘छक्का पञ्जा–५’ले पाँच करोडभन्दा माथि कलेक्सन गरेका छन् ।
‘कोहिनुर’, ‘छक्का पञ्जा–४’, ‘जात्रै जात्रा’, ‘महाजात्रा’, ‘जारी’, ‘शत्रुगते’, ‘बोक्सीको घर’, ‘६ माया छपक्कै’, ‘दिमाग खराब’, ‘परदेशी–२’, ‘छक्का पञ्जा–३’, र छक्का पञ्जा’ले पाँच करोड रुपैयाँ ग्रसकलेक्सन गरेको बोर्डले जनाएको छ ।