site stats
बाह्रखरी :: Baahrakhari
कला
रियल टाइम बक्सअफिस उद्घाटन, ३३ सेवा अनलाइनबाटै

काठमाडौं । चलचित्र विकास बोर्डले अधिकांश सेवा अनलाइनबाट प्रदान गर्ने भएको छ । बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने भएको हो । 

बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुआत सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले रिमोट मार्फत गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रियल टाइम बक्सअफिसको एपको पनि मन्त्री सुब्बाले उद्घाटन गरे । नेपालभरका १६६ सिनेमा हलको शो शंख्या र विवरण बक्सअफिसमा हेर्न सकिने चलचित्र विकास बोर्डले बताएको छ । उक्त एपको नाम बक्सअफिस एट सिनेपा राखिएको छ ।

तीनवटा सेवा भने अनलाइनबाट दिन नसक्ने भएकाले सेवाग्राही बोर्डमै जानुपर्नेछ । 

चलचित्र विकास बोर्डले चलचित्र निर्माणको दर्ता, नवीकरण, केन्द्रीय चलचित्र जाँच पास समितिलाई सेन्सरका लागि सिफारिस गर्ने, हललाई सिनेमा रिलिका लागि प्रदशर्नको कोड प्रदान गर्नेलागयत ३५ प्रकारका काम गर्दै आएको छ ।

अब अनलाइनबाटै काम हुने भएपछि बोर्डमा धाइरहनुपर्ने झन्जट कम हट्ने भएको छ । बोर्डमै पुगेर गरिने काममा ढिलासुस्ती नहुने बोर्डको विश्वास छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्