site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पदपूर्तिमा सहमति नजुटेपछि शिक्षामन्त्री सानेपामा, देउवासँग छुट्टै छलफल गर्दै

काठमाडौं । पदपूर्तिबारे शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्त नेपाली कांग्रेसका नेताहरूलाई भेट्न सानेपा पुगेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक जारी रहँदा शिक्षामन्त्री पन्त कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन् ।

अहिले पन्त र सभापति शेरबहादुर देउवाबीच छुट्टै भेटवार्ता भइरहेको छ । स्रोतका अनुसार, संसदीय समितिबाट शिक्षा विधेयक पारित हुनुअघि पन्तले देउवासँग केही विषयमा सहमति मागेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता, मन्त्री उपस्थित नभएपछि शिक्षा समितिको बैठक बस्न सकेको छैन । समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री उपस्थित नभएसम्म बैठक बस्न नसक्ने बताएका छन् ।

नेपाल शिक्षक महासंघका पदाधिकारीसँग आजै शिक्षा मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । शिक्षक पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू छलफलबाट बाहिरिएका थिए ।

पदपूर्तिमा शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्तले थप परामर्श थालेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्