देश

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिस्ने गाउँपालिका–३, पोखराका ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए ।
धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नं को मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन् । उनको ढाड र हातको औँलामा चोट लागेको छ । रासस
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ २२:५७
प्रतिक्रिया दिनुहोस्