
काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक किन रोकियो भन्दै प्रश्न गरेकी छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा बोल्दै समिति र सरकार तयार भएको बेला विधेयक रोकिएको भन्दै प्रश्न गरेकी हुन् ।
“म कतै विधेयक ल्याउन बाधक भए कि भनेर राजीनामा दिएर आएको मान्छे हुँ,” उनले भनिन्, “समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो । यसरी रोक्दा सरकार र मन्त्रीकै अवमूल्यन भयो ।”
भट्टराईले सरोकारवाला पक्षहरू धेरै रहेको भन्दै तिनीहरू सबैले आफ्नो विषयमा लभिङ गर्न खाजे भने के गर्ने भन्दै अर्को प्रश्न गरिन् । "शिक्षक कर्मचारीका धेरै माग/मुद्दाहरू छुटाएर अघि बढेका छौँ । यो शिक्षा विधेयक ल्याउने नियत हो ?" प्रश्न गर्दै भनिन्, "सरकार कि मस्यौदामा उभिनु पर्यो कि प्रतिवेदनमा उभिनु पर्यो ।"