site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवालाई शेखरले भने– मलाई किन कारबाही गर्ने भनिएको हो, जवाफ चाहियो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नाविरुद्ध कार्यकर्तासँग राखेको भनाइमा गम्भीर असहमति राखेका छन् । 

चितवनका स्वतन्त्र चुनाव लडेका दिनेश कोइरालालाई शेखरले उठाएको भन्दै कारबाही गर्ने भनेर अनुशासन समितिसँग दिएको अभिव्यक्तिमा डा. शेखरले प्रश्न उठाएका हुन् । “अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ,” डा. कोइरालाले प्रश्न गरे, “के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यू यसको जवाफ चाहियो ।”

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्