site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरको प्रश्न– कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमाले तयार हुँदाहुँदै किन दिइयो नेतृत्व ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि प्रश्नको ‘वर्षा’ गरेका छन् । कांग्रेस–एमाले सरकारमा नेतृत्व छाड्नुको कारण सोधेका कोइरालाले महाधिवेशन यसै वर्षभित्र हुन नसक्ने कारण बताउन पनि आग्रह गरे । 

सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले ०८२ भित्र महाधिवेशन गर्नैपर्ने भन्दै महाधिवेशन हुन नसक्ने भए चित्तबुझ्दो कारण दिन सभापतिलाई आग्रह गरे । “हामी अहिले महाधिवेशनको वर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु,” डा. कोइरालाले भने, “यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्‍यो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पदाधिकारीहरू महाधिवेशनका लागि जोडतोडले घुमिरहेको बताए । सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाउँछु भनेकोमा व्यांग्यात्मक समर्थन गरेको उनले आफू त्यसकै पक्षमा रहेको बताए । “सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा !,” कोइरालाले भने, “म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।” 

एमालेसँगको गठबन्धनमा सरकारको नेतृत्व छोडेकोमा प्रश्न उठाएका डा. शेखरले चुनावमा माओवादीसँग र अहिले एमालेसँग गठबन्धन गर्नुको कारण पनि जनतालाई दिनुपर्ने बताए । “मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?,” प्रश्नमा प्रश्न थप्दै डा. कोइरालाले भने, “यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।”

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्