site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकर्तामा रहेको भ्रम चिर्न १५औँ महाधिवेशनको मिति तोक्नुपर्छ : महर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५औँ महाधिवेशनलाई लिएर कार्यकर्तामा भ्रम देखिएको भन्दै महाधिवेशनको मिति तत्काल तोकेर जवाफ दिन आग्रह गरेका छन् । पार्टीको सोमबारदेखि सुरु केन्द्रीय समिति बैठकमा महरले तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वले तत्काल निर्णय गर्न आवश्यक रहेको बताए । 

“महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ,” महरले भने, “विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५औँ महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै महरले संविधान र कानुनले नचिन्ने संस्थाहरूबाट निर्णय गर्न बन्द गर्न माग गरे । “दलीय संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन,” महरले भने, “सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ ।”

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्