site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ३४ अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार सकारात्मक भएको छ । बुधबार सेयर बजार ३४.४२ अंकले बढेको हो । साताको सुरुवातदेखि नै सकारात्मक रहँदा बजार मापक २,६९४.८२ विन्दुमा उक्लिएको छ ।

बजार सकारात्मक रहँदा आज १८२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६५ कम्पनीको सेयरमूल्य घटेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बजारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख बराबरको सेयर खरिदबिक्री भएको छ । तीन करोड एक लाख कित्ता सेयर ८९ हजार ४६८ पटकमा खरिदबिक्री भएको छ ।

मंगलबारको कारोबारमा सात अर्बको हाराहारीमा सेयर किनबेच भएको थियो ।

ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, नेपाल इन्स्योरेन्स, गुराँस लघुवित्त, सिन्धु विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनी रहे ।

समूहगत सूचकतर्फ १३ वटै सूचक हरियो रहे । सबैभन्दा धेरै जीवन बिमा सूचक २.८३ प्रतिशत बढेको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्