site stats
बाह्रखरी :: Baahrakhari
खेल
एभरेस्ट बैंकको १३३औँ शाखा बर्दिबासमा

काठमाडौं । एभरेस्ट बैंकले महोत्तरीको बर्दिबास नगरपालिका–१, मा १३३औँ शाखा विस्तार गरेको छ । अब मधेस प्रदेशमा एभरेस्ट बैंकको शाखा संख्या १५ पुगेको छ ।

अब महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने बैंकको विश्वास छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले शाखाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढेर समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकको छ ।

बैंकले देशभर १३३ शाखा, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६८ एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्