site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ऐतिहासिक उपन्यासकार राणाको सम्झनामा कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली ऐतिहासिक उपन्यासकार डायमनशमशेर राणाको १०८औँ जन्मजयन्ती मनाइएको छ । शनिबार डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको विचार विमर्श कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले ऐतिहासिक उपन्यासकार राणासँगको भेटघाट र स्मृतिबारे खुलाए ।

०४७ सालदेखि आफ्नो भेटघाट उपन्यासकार राणासँग भएको सम्झना गर्दै भट्टराईले भने, “डायमनशमशेरका उपन्यासहरूमा हामी म्याजिक रियालिज्म भेट्छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पोसाकका सौकिन उपन्यासकार राणासँग आफ्नो निकटको सम्बन्ध रहेको बताए ।

राणाका कृतिमाथि विद्यावारिधि गरेका डा. टीकाराम पोखरेलले उनी प्रशंसाको भोको नभएको उल्लेख गर्दै आफ्नो साहित्यमाथि गरिएको आलोचना स्वीकार्ने क्षमता राणामा भएको बताए ।

साहित्यकार हरिविनोद अधिकारीले राणा त्यागी व्यक्ति भएको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डेले संस्थाले गरेका कामहरूबारे जानकारी दिँदै आगामी वर्षदेखि वृहत्तररूपमा कार्यक्रमको आयोजना गर्ने बताए ।

उक्त अवसरमा नारायण शर्मा, अनिता पन्थी, अनिता कोइराला, अश्विनी कोइराला, लक्ष्मण वियोगी, शुकदेव उपाध्यायले राणाको ऐतिहासिक उपन्यासहरूबारे चर्चा गरे ।  

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्