site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भस्मे डन विपीन अब पित्तले डन बन्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । चलचित्र ‘छड्के’ बाट दर्शकमाझ मार्क भएका विपीन कार्की अभिनित चलचित्र ‘जात्रा’ यो साता रिलिज हुँदैछ । शुक्रबार रिलिज हुने चलचित्र ‘जात्रा’को बुधबार प्रिमियर शो हुँदैछ । चलचित्र जात्राबाट विपीनले निकै आशा गरेका छन् ।
“छड्के र पशुपतिप्रसादबाट मलाई मन पराउने दर्शक अधिकांश योङ्ग जेनेरेशनका हुनुहुन्थ्यो, तर, जात्राले भने मेरा दर्शक थप्नेछ भन्ने अपेक्षा छ,” उनले भने, “योङ्गसँगै व्यवाहारले थिचेको परिपक्व उमेरका दर्शकले पनि मेरो कामलाई मन पराइदिनु हुनेछ भन्ने आशा गरेको छु ।” 
‘पशुपतिप्रसाद’ देखि ‘जात्रा’ को बीचमा रिजर्वमा बसेका विपीनले ‘जात्रा’ राम्रो  लागेकाले अभिनय गरेको बताए । “यी दुई चलचित्रको बीचमा मलाई कम्तिमा २० वटा चलचित्रको स्क्रिप्ट आए, तर, मलाई राम्रो लागेन त्यसैले गरिन,” उनले भने, “जात्राको स्क्रिप्ट हेर्दा मलाई मौलिक कथा लागेकाले त्यसले आकर्षित गर्यो त्यसैले यसमा अभिन गरें ।”
‘आचार्य’ बाट सेतो पर्दाको यात्रा सुरु गरेका विपीनको हातमा त्यसपछि लगतार चलचित्र आउन थाले ।  ‘लुट्’, ‘छड्के’, ‘तान्डव’, ‘सुन्तली’, ‘कालो पोथी’ हुँदै उनले ‘पशुपतिप्रसाद’मा अभिनय गरे । 
गुरुकुलको अन्तिम व्याजको अन्तिम विद्यार्थी विपीन अहिले चलचित्रको दौडमा भने अग्रपंक्तिमा छन् । ‘जात्रा’ पछि उनका चलचित्र ‘लुट–२’ र ‘लालपुर्जा’ यही वर्ष रिलिज हुँदैछन् ।
‘पशुपतिप्रसाद’मा भस्मे डनको भूमिकामा देखिएका विपीन ‘लुट–२’ मा भने पित्तले डनका रुपमा देखा पर्दैछन् । ‘लुट–२’ को मादक नृत्य ‘ठमेल बजार’ मा समेत देखिने विपिन यसमा फरक गेटअपमा देखिएका छन् । पित्तलको दाँत लगाएर डनको रुपमा देखिने उनी डेढलक केशमा दयाहाङ राई र निश्चल बस्नेतसँगै देखिएका छन् । “पशुपतिप्रसादमा मलाई मन पराउने दर्शकले लुट–२ मा पनि मन पराउनु हुनेछ,” उनले भने । 
अहिले उनीसँग पाँचवटा चलचित्र पाइपलाइनमा छन् । भन्छन्, “पाँचवटा चलचित्रमा काम गर्नका लागि कुरा भइरहेको छ तर यसमध्ये छानेर दुईमा मात्रै काम गर्छु । थोरै तर राम्रो गर्ने प्रयत्न गर्दैछु ।” 
       
 
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १४:३२
प्रतिक्रिया दिनुहोस्