site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल घुम्न आउने पूर्वी युरोपेली नागरिक प्रति सजक रहन नेपाल प्रहरीले आग्रह गरेको छ । 
पुर्वि युरोपेली टर्कि, बुल्गेरिया, रोमानिया लगाएतका देशका नागरिक पर्यटक भिषामा नेपाल आउने, विभिन्न देशका नागरिकको एटीएम कार्ड, विजनेश कार्ड तथा विभिन्न क्लवको कार्डको पिन नम्बर चोरी गर्ने र नेपालमा आएर विभिन्न बैंकका एटीएम बुथबाट रकम निकालेर फर्कने गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवदेखि यी देशका नागरिक नेपाल प्रवेश गर्दा विषेश चनाखो रहन अध्यागमन, विमानस्थल प्रहरी  तथा होटल व्यवसायीलार्इ आग्रह गरेको हो । 
ब्युरोले २०७१ साल मंसिर १ गते यता बुल्गेरिया, रोमानिया र टर्किका गरी ९ जना एटीएम ह्याकरलाई पक्राउ गरेको छ । 
ब्युरोको टोलीले बिहीबार दिउँसो काठमाडौंको कान्तीपथमा हरेको होटल यलो प्यागोडा होटलबाट अर्काको एटीएमकार्डको पिन नम्बर ह्याक गरी एटीएमबाट रकम निकाल्ने टर्किस् नागरिक मुहारिम युजुन र सलाहटिन यावरलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए । 
डीआईजी सिलवालकाअनुसार पक्राउ परेका दुई जना नोभेम्बर ७ तारिकका दिन पर्यटक भिषामा नेपाल आएका थिए । उनीहरू कान्तीपथको होटल यलो पगोडामा बसेर कान्तिपथ क्षेत्रका एटीएम बुथबाट ह्याक गरेका एटीएममार्फत पैसा निकाल्दै आएका थिए । उनीहरु नोभेम्बर १२ तारिकमा टर्कि फर्कने तयारीमा रहेको डीआईजी सिलवालले बताए । 
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:३३
प्रतिक्रिया दिनुहोस्