site stats
बाह्रखरी :: Baahrakhari
विदेश

जेनेभा  । इराकको मोसुलमा इराकी फौजले इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध कारबाही सशक्त पारेपछि आईएस समूहले रासायनिक हतियारको समेत प्रयोग गरी आफ्नो समूहको प्रतिरक्षा गरेको प्रमाण भेटिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको कार्यालयल जनाएको छ ।

विश्व समुदायबाट आईएसले मोसुलका सर्वसाधारणलाई मानवीय ढालको रुपमा प्रयोग गरेको भन्ने चासो व्यक्त भइरहेका बेला राष्ट्रसङ्घ मानवअधिकार कार्यालयकी प्रवक्ता रविना संदासिनीले आईएसले अक्टुबर २३ मा अल मिसराग सल्फर उद्योगमा आक्रमण गरेपछि निस्केको आगोको मुस्लोबाट चार जनाको मृत्यु भएको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै आईएस समूहले मोसुलमा ठूलो मात्रामा एमोनिया र सल्फरलाई मानवबस्तीमा भण्डारण गरी राखेका जनाउँदै अन्तर्राष्ट्रिय कानुनले यस्ता रासायनिक पदार्थको भण्डारण मानव बस्तीबाट टाढा एकान्तमा मात्र गर्न पाइने व्यवस्था गरेको बताइन् ।

सरकारी फौजले आईएस विद्रोहीविरुद्धको आक्रमणलाई मोसुलमा केन्द्रित गरेपछि अक्टुबर पछि शुक्रबारसम्म करिब ४८ हजार मानिस यस क्षेत्रबाट बाहिरिएको राष्ट्रसङ्घ अधिकारीले बताए ।

यसैबीच विद्रोहीले यस हप्ता ६० सर्वसाधारणलाई सरकारी सुरक्षा फौजसँग सहकार्य गरेको आरोपमा गोली हानी हत्या गरेका राष्ट्रसङ्ले शुक्रबार बताएको छ । आक्रमण गरी हत्या गरेपछि उनीहरूका शवलाई मोसुलका विभिन्न चोकमा विजुलीको पोलमा झुण्डाइएको अवस्थामा स्थानीयले भेटेको पनि बताइएको छ । रासस/एपी/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०७:५३
प्रतिक्रिया दिनुहोस्