site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बन्दको प्रभाव सिनेमामा पनि, जात्रा पर्यो मर्कामा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बन्दको प्रभाव सिनेमा हलमा पनि परेको छ । नेकपा (माओवादी) ले घोषणा गरेको बन्दले सवारी साधन नचल्दा सिनेमा हलसम्म दर्शक पुग्न नसकेका हुन् । कति हलहरुले भने विहानको शो नलगाएपछि हल पुगेका दर्शक पनि फर्किन बाध्य भएका थिए । 
“बिहानको शो हेर्न आएका धेरै दर्शक फर्किनु भएको छ, बन्दले हलमा पनि असर पर्यो, अहिले हामी विग सिनेमामा छौं,” चलचित्र ‘जात्रा’का निर्देशक प्रदीप भट्टराईले भने, “अबका शो भने लाग्छन् होला ।”
विहानको शो नचले पनि दिउसोबाट भने अधिकांश हलले नियमित रुपमा हल सञ्चालनमा ल्याएका छन् । 
“हिजो अधिकांश हलमा हाउसफुल भएको सिनेमा आज कस्तो जान्छ हेर्न बाँकी नै छ,” निर्देशक भट्टराइले भने, “आज बन्दको प्रभाव देखिन सक्छ ।” भट्टराईको निर्देशन रहेको ‘जात्रा’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ । ‘जात्रा’ मा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । 
शुक्रबार नै अर्को नेपाली कथानक चलचित्र ‘जङ्गबहादुरको कोट’ पनि प्रदर्शनमा आएको छ । यस्तै शुक्रबारबाट हिन्दी कथानक चलचित्र ‘रक अन–२’ पनि प्रदर्शन भइरहेको छ ।  
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:३३
प्रतिक्रिया दिनुहोस्