site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जालो’ को क्लोज क्याम्पमा १०० जना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । ‘वान टेक’ मुभी ‘जालो’ र ‘जालो रिटर्न्स’को क्लोज क्याम्प जारी रहेको निर्माण पक्षले जनाएको छ । कात्तिक २५ गतेबाट करिब एक सयजना क्लोज क्याम्पमा बसेको निर्देशक अराजकेशवले जानकारी दिए । आइतबार भने बन्दले वर्कसप प्रभावित भएको उनले बताए ।  
उनका अनुसार काठमाडौंको बुढानिलकण्ठमा सुरु भएको वर्कसप करिब १० दिन चल्नेछ । वान टेकमा विश्वकै लामो सिनेमा बनाएर गिनिज बुकमा रेकर्ड बनाउने उद्धेश्यले ‘जालो’ र ‘जालो  रिटर्न्स’ निर्माण गर्न लागिएको हो ।  
एक टेकमै चलचित्र छायांकन गर्न सक्ने निश्चितभएपछि गिनिज रेकर्डको टोलीलाई बोलाउने उक्त चलचित्रका निर्माता मोहित मुनालले जानकारी दिए । 
एकै टेकमा दुई वटा चलचित्र निर्माण गरेर नयाँ रेकर्ड बनाउन लागिएको हो । चलचित्रमा निर शाह, अनुपजंग शाही, मेनुका प्रधान, रविन्द्र खड्का, निराजन पधान, प्रमिला खनाल, रेमन्डदास श्रेष्ठ, मुना गौचन लगायतका कलाकारले अभिनय गर्दैछन् । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १३:५४
प्रतिक्रिया दिनुहोस्