site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बन्दविरुद्ध दाह्री ग्याङ सडकमा,  विपिन र वर्षाको साथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माआवादी) ले आयोजना गरेको नेपाल बन्दविरुद्ध  दाह्री ग्याङ सडकमा उत्रिएको छ । पटक पटक भइरहने बन्दले जनजीवनमा प्रत्यक्ष नकारात्मक असर परेको भन्दै दारी ग्याङले काठमाडौंका विभिन्न भागमा प्रदर्शन गरेको हो ।
 दाह्री ग्याङको प्रदर्शनमा कलाकार विपिन कार्की, वर्षा राउत लगायतका कालाकार पनि सहभागी भएका थिए । “बन्दले सर्वसाधारण नागरिकले अनाहकमा सास्ती वेहोर्नु परेको भन्दै आयोजना गरिएको बन्दमा म पनि सहभागी भएको हुँ,” कलाकार कार्कीले भने, “कसले किन बन्द गर्यो भन्दापनि बन्द सधैंका लागि बन्द हुनुपर्छ भन्ने मेरो पनि मान्यता हो ।” 
संविधानले नै प्रत्याभूत गरेको खाद्य सुरक्षाको माग गर्दै विप्लव माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको हो ।    
 
 
 
 
 
 
 
 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १५:०३
प्रतिक्रिया दिनुहोस्