site stats
बाह्रखरी :: Baahrakhari
खेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । वर्षाको कारण अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको दोस्रो टेस्टको दोस्रो दिनको खेल स्थगित भएको छ । होबर्टमा जारी टेस्टको दोस्रो दिन लगातार वर्षा भएपछि खेल सुरु नभई दुई देशका कप्तान तथा अम्पायरहरुले खेल स्थगीत गर्ने निर्णय गरेको हो ।
दुई टोलीबीचको खेल वर्षाले नरोकिए सोमबारबाट पुन सुचारु हुनेछ । बेल्लीरिभ ओभलमा जारी टेस्टमा दोस्रो दिनको खेल स्थगीत हुदासम्म दक्षिण अफ्रिकाले ८६ रनले अग्रता लिएको छ । टेस्टको पहिलो दिन पहिलो पारीमा अष्ट्रेलियालाई ८५ रनमा अलआउट गर्दै आफ्नो पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले ५५ ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएर खेलिरहेको छ ।  दक्षिण अफ्रिकाका क्विन्टन डी कक  २८ तथा टेम्बा भाबुमा ३८ रनमा अविजित छन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै मात्र ३२ ओभर ५ बलमा ८५ रनमा अलआउट भएको थियो  । अष्ट्रेलियाका  स्टेभेन स्मिथले ४८ र जोय मेनीले १० रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अष्ट्रेलियाको पहिलो पारी ध्वस्त बनाउने क्रममा दक्षिण अफ्रिकाका भेर्नोन फिलाण्डरले ५ र कायल एबोटले ३ विकेट लिए ।
 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १७:१७
प्रतिक्रिया दिनुहोस्