site stats
बाह्रखरी :: Baahrakhari
देश
मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

सर्लाही । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गप।बलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् ।

शनिबार सर्लाहीको वाग्मती नगरपालिका–११ स्थित नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिइने बताए । उनले थपे, “भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाग्मती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि एक करोड ५३ लाख रुपैयाँमा निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरे ।

वाग्मती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका कुल ७० व्यक्ति सो घरमा बसोबास गर्ने वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्