site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ : महासचिव पोखरेल
फाइल तस्बिर।

देउखुरी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन् । 

एमालले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गरे । 

नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको उनले स्मरण गरे । रासस

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्