site stats
बाह्रखरी :: Baahrakhari
खेल
एकदिवसीय क्रिकेट विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
फाइल तस्बिर।

काठमाडौं । यसै वर्ष जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि सोमबार क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । जुनदेखि सुरु हुने तालिका रहे पनि हालसम्म प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छैन ।

नेपालको प्रारम्भिक टोली

कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम)ढकाल, अविनाश बोहरा ।

No description available.

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्