site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु : प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको भन्दै पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भनेका छन्, "केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको दुई करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।"

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्