site stats
बाह्रखरी :: Baahrakhari
कला
भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

काठमाडौं । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् ।

शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,” उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।”

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

अवार्डको यो छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदै छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्