site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डविरुद्ध अभ्यास खेल खेल्दै नेपाली टिम 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

नेपालले दक्षिण अफ्रिकामा एक साताको अभ्यासपछि आज स्कटल्यान्डविरुद्ध खेल्न लागेको हो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको अभ्यास खेल खेलेर जिम्बाब्वे जान्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाएको टिम हो । स्कटल्यान्ड आईसीसी क्रिकेट विश्वकप लिग–२ को विजेता टिम हो । आज अभ्यास खेल भएका कारण यसले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।

नेपालले गएको फागुनमा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्धका दुवै खेल जितेको थियो । यो अभ्यास खेलमा नेपाललाई कमजोरी पत्ता लगाउने अवसर हुनेछ । पछिल्लो समय उच्च लयमा देखिएको नेपाल त्यसलाई छनोट प्रतियोगितामा पनि निरन्तरता दिन चाहन्छ ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्