site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई देउवाको निर्देशन
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको बताए । 

गगनको प्रश्न– एउटै व्यक्ति दुई/तीन/चार कति पटक प्रधानमन्त्री हुने ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । 

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी  कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले भने, “अहिले कांग्रेसलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर मजवुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।”

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्