site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको वैधता समाप्त : बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक र नैतिक रूपमा वर्तमान सरकारको वैधता समाप्त भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले रोस्ट्रममा उभिएर जिल्ला निर्वाचन कार्यालयको बजेट त्रुटिपूर्ण भयो भन्दै संशोधन गरेको उल्लेख गरे । त्योसँगै राजनीतिक र नैतिक रूपमा वर्तमान सरकारको वैधता समाप्त भएको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकार सधैँ बहुमतमा हुने हुँदा बजेट जस्ताको तस्तै पारित गर्ने सामर्थ्य राख्नुपर्ने भन्दै त्यो संशोधनपछि संवैधानिक हिसाबले पनि सरकारको वैधता नहुने जिकिर गरे ।

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले भने बहुमत हुँदासम्म सरकार रहिरहने भन्दै बजेट बहुमतले पारित हुने बताए । उनले बजेटका विषयमा कानुनी हिसाबले आवश्यक विषय सच्याउन सक्ने र संशोधन पनि गर्न सकिने तर्क गरे ।

नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले विपक्षी दलले त्रुटिलाई औँल्याउने कुरा जायज भए पनि अतिरञ्जित ढंगले प्रस्तुत हुन नहुनेमा जोड दिए । उनले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्षका साथै बलियो बनाउन कांग्रेस अग्रसर नै हुने बताए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्