site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक ध्रुवीकरण आवश्यक, तर नेताको टाउको जोडेर हुँदैन : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताहरूको टाउको जोडेर पार्टी एकता हुन नसक्ने बताएका छन् । पोखरेलले पार्टीहरूबीच ध्रुवीकरण आवश्यक रहेको तर नेकपाको पुनर्स्थापना बाटोबाट नहुने तर्क गरेका छन् । 

"अब नेपालकाे राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुवीकरण आवश्यक छ । ...तर, त्यो असफल भइसकेको नेकपाको पुनर्स्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ," मंगलबार फेसबुकबाट पोखरेलले भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि थपेका छन्, "अब नेताहरूको टाउका जोडेर होइन, भविष्य भएका युवाहरूको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्छ ।"

उनले अवसर र अस्तित्व रक्षाका लागि नेकपा ब्युताउने चर्चा चलाइएको पनि आरोप लगाएका छन् । ‍

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्