site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीतिगत अफ्ठ्यारा फुकाउन सरकार तयार छ, निर्माण समयमै सकाऔँ : सहरी विकासमन्त्री

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङले निर्माणाधीन नयाँ संसद् भवनमा देखिएका नीतिगत अफ्ठ्यारा फुकाउन सरकार तयार रहेको बताएकी छन् ।

सोमबार सिंहदरबारमा निर्माणाधीन भवनको अनुगमनका क्रममा उनले निर्माण व्यवसायीलाई काममा गति दिन आग्रह गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारको उद्देश्य मिट हुने गरी काम गर्न निर्देशन र अनुरोध छ । संख्या बढाएर भए पनि समयमै काम सक्नुहोस् । नीतिगत अप्ठ्यारा भए हामी त्यो गाँठो फुकाउन तयार छौँ,” मन्त्री गुरुङले भनिन्, “मजदुर साथीहरूको समस्या पनि छन्, त्यो समस्या पनि बसेर समाधार गरौँ ।”

उनले हिउँदे अधिवेशन त्यहीँबाट अघि बढाउनुपर्ने गरी काम गर्न आग्रह गरिन् ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्