site stats
बाह्रखरी :: Baahrakhari
देश
विपद्का घटनाले तीन महिनामा लियो १११ जनाको ज्यान, २६ बेपत्ता
पाँचथरको बाढी । फाइल तस्बिर ।

काठमाडौं । २०८० साल सुरु भएयताका तीन महिनामा विपद्का घटनामा परी देशभर १११ जनाको मृत्यु भएको छ । विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असार ३१ गतेसम्म २ हजार ३५ वटा विपद्का घटना रेकर्ड भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणका अनुसार विपद्का घटनामध्ये पहिरोमा परी २०, हाई अल्टिच्युडका कारण ४, बाढीमा परी ९, चट्याङ लागेर २७, आगलागीमा १७, भारी वर्षाका कारण एक, गैरप्राकृतिक विपद्का घटनामा परी चार, हुरी बतासका कारण एक, जनावरको आक्रमणबाट ११, हिमपहिरोमा परी १२  र वन डढेलोमा परी पाँचजनाको मृत्यु भएको हो । 

यस अवधिमा विपद्का घटनाबाट तीन हजार ३३ घरपरिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको तथ्याङ्कअनुसार विपद्का घटनाले ८१ करोड ७४ लाख ३० हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । 

आर्थिक क्षतिमध्ये सबैभन्दा बढी आगलागीका घटनाले गरेको छ । पछिल्लो तीन महिनामा आगलागीका घटनाले ७१ करोड ३३ लाख ९९ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्